आज मिति २०८३ आश्विन २२ गते तदानुसार 8 OCTOBER 2026 गते आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ २९औँ विश्व दृष्टि दिवसको अवसरमा गेटा आँखा अस्पतालले जनचेतनामूलक र्‍यालीसहित विभिन्न कार्यक्रम गरेको छ

आज मिति २०८३ आश्विन २२ गते तदानुसार 8 OCTOBER 2026 गते आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ २९औँ विश्व दृष्टि दिवसको अवसरमा गेटा आँखा अस्पतालले जनचेतनामूलक र्‍यालीसहित विभिन्न कार्यक्रम गरेको छ।
दृष्टि सुरक्षासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले आयोजित र्‍यालीमा गेटा आँखा अस्पतालका कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीय समाजसेवीहरुको बाक्लो सहभागिता रहेको थियो। सहभागीहरूले आँखाको सुरक्षा र दृष्टिको महत्त्वबारे जनचेतना फैलाउने विभिन्न नारासहितका प्लेकार्ड बोकेर र्‍याली निकालेका थिए।

विश्व दृष्टि दिवसकै अवसरमा अस्पतालमा आँखाको शल्यक्रिया गरेका बिरामीलाई फलफूल वितरण गरिएको छ। यस्तै, नेपाल प्रहरी विशेष सुरक्षा गण, वाणी कञ्चनपुरको सहकार्यमा गेटा आँखा अस्पताल परिसरमा सरसफाइ कार्यक्रमसमेत गरिएको छ साथै गेटा आँखा अस्पताल तथा मातहातका आँखा अस्पताल र आँखा उपचारकेन्द्रहरु मा निशुल्क नाम दर्ता को व्यवस्था गरियको छ ,यसै गरि मानव धर्म सेवा आश्रम धनगढीमा निःशुल्क आँखा परीक्षण तथा उपचारलगायतका कार्यक्रमसमेत गरिएको छ |