नेपालीहरुको महान चाड विजय दशमी तथा तिहार/दिपावली २०८३ सालको अवसरमा यस आँखा अस्पतालका सम्पूर्ण कर्मचारीहरु तथा सेवाग्राहीहरुमा सुख, शान्ति र समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। साथै यस अवसरमा गेटा आँखा अस्पताल तथा अन्तर्गतका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुमा मिति २०८३ साल कार्तिक १ गते देखि कार्तिक ७ गते सम्म सार्वजनिक बिदा हुने भएकोले आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारी लागि सूचित गरिन्छ ।