विश्व दृष्टिदिवस
“कार्यस्थलमा आँखालाई माया गरौँ”
“Love Your Eyes at work”
“विश्व दृष्टिदिवस “ अन्धोपन तथान्यून दृष्टिको विषयमा जन चेतना जगाउन संसारको ध्यान केन्द्रीतगर्न प्रत्येक वर्ष अक्टोवर महिनाको दोश्रो बिहिवार मनाईने दिवस हो । यो दिवस अन्धोपन को रोकथाममा सहभागी सम्पूर्ण संघ संस्थाहरुले संसार भरी नै मनाउने गर्दछन् ।
यस बर्षकोे नारा “Love Your Eyes at Work” कार्यस्थलमा आँखालाई माया गरौँ रहेको छ ।
- संसारमा २ अरब २० करोड मानिसहरुको टाढाको वा नजिकको दृष्टि कमजोर छ जस मध्ये १ अरब मानिसलाई सेवा पुर्याउन सकिएको छैन ।
- जस मध्ये ३ करोड ६० लाख मानिसहरु दृष्टिविहीन छन् ।
- संसारमा ८० प्रतिशत भन्दा बढि दृष्टिविहीन तथा न्यूनदृष्टि भएकाहरु अनावस्य ककारणले अर्थात उपचार बाट निको हुन सक्ने रोगको कारणले दृष्टिविहीन वा न्यून दृष्टि भएर बाच्न बाध्य छन् ।
- अन्धोपन तथा न्यून दृष्टि बाट पिडित ९० प्रतिशत मानिसहरु अल्पविकसित र विकासोन्मुख देशमा बसोबास गर्दछन् ।
- उपचार नगरिएको अन्धोपन तथा न्यूनदृष्टिबाट प्रत्येक वर्ष संसारमा ४ खरब ११ अरब अमेरिकीडलर बराबरको उत्पादकत्वह्रास भई रहेको छ ।
- एक जोर चश्माले कार्य स्थलमा २२ प्रतिशत उत्पादकत्व बढाउदछ ।
- जम्मा न्यूनदृष्टिमध्ये ५५ प्रतिशत महिलाहरु छन्
- कुल दृष्टि कम भएकामध्ये ७३ प्रतिशत ५० बर्ष माथि उमेरका छन् ।
- संसारभरमा नौ करोड बालबालिका र वयस्कहरु दृष्टिविहीन वा दृष्टिकमजोर भएका छन् जसमध्ये ४० प्रतिशतलाई उपचारको पहूँच नभएर दृष्टिप्रदान गर्न सकिएको छैन ।
- नेपालमा सन् २०२१ मागरिएको सर्वेक्षणमा सम्पूर्ण जनसंख्याको ०.२८ प्रतिशतमा अन्धोपन भेटिएको थियो ।
- हाल नेपालमा करिव १ लाख भन्दाबढी मानिस दृष्टिविहिन र प्रत्येक वर्ष २५ हजार नयाँ दृष्टिविहिनहरु थपिन्छन् ।
- दृष्टिविहिन वच्चाहरु १३ हजार २ सय छन् र प्रत्येक दिन ७ जना नयाँ दृष्टि विहिन बच्चा थपिन्छन ।
- ३ लाख ३० हजार बालबालिकाको दृष्टि क्षमता कमजोर छ।
- सुदूर पश्चिममा ०.२१ प्रतिशतमा अन्धोपन पाईएको छ ।
- स्थापनाकाल देखि गतवर्ष २०७९।८० सम्म यस अस्पतालमा तथा शिविरहरुमा गरि जम्मा ४५,९९,८२० जनाको आँखा उपचार सेवा प्रदान गरेको छ जसमध्ये ६०,६९७ जनालाई शल्यक्रिया सेवा प्रदान गरि सकेको छ ।
- गत वर्ष २०७९।८० मा यस अस्पताल र अन्तरगतका कार्यक्रमहरुबाट जम्मा २,७०,४९६ जनाको आँखा उपचार गरेको छ जसमध्ये २४,७८७ जनालाई शल्यक्रिया सेवा प्रदान गरि सकेको छ ।
- यस अस्पतालले स्थापनाकालमा रहेको यस क्षेत्रका १.०२ प्रतिशत अन्धोपन लाई हाल ०.२१ प्रतिशतमा झार्न सफल भई नेपालको सबै प्रदेशमा न्यूनतम अन्धोपन भएको प्रदेशको रुपमा स्थापित हुन पाउनु सबैको गौरवको बिषय भएको छ ।
- गत १२ वर्ष पहिले सम्पूर्ण अन्धोपन मध्ये सबैभन्दा बढी मोतिविन्दुका कारणले ६२ प्रतिशत दृष्टिविहीन रहेकोमा हाल ३६ प्रतिशत मात्रै मोतिविन्दुको कारणले दृष्टिबिहिन भेटिए ।
- अस्पतालले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग जुटाई अस्पतालमा दिईने सेवाको अतिरिक्त आँखा शिविर संचालन गरि अन्धोपन न्यूनीकरण गर्न निःशुल्क शल्यक्रिया गर्दै आई रहेको छ ।
- गत वर्ष २०७९।८० मा यस अस्पतालले प्रदेशमा ४६ स्थानमा आँखा शिविर संचालनगरि २७,३१२ जनालाई निःशुल्क उपचार सेवाप्रदान गरेको मा ३२३९ जनाको निःशुल्क शल्यक्रिया गरेको छ ।
- यस अस्पतालले सुदूर पश्चिम प्रदेशका ग्रामीण क्षेत्र सम्म जन चेतना जगाई आँखा उपचार सेवामा पहुँच बढाउन महिला स्वास्थ्य स्वयं सेविका, शिक्षक, स्वास्थ्यकर्मीहरु गरी जम्मा १९७८ जनालाई तालिम प्रदान गरेको छ ।
- हाल गेटा आँखा अस्पतालमा आँखाको नानीको बिशेष उपचार तथा प्रत्यारोपण सेवा, बाल आँखा उपचार सेवा, आँखाको दृष्टि पर्दाको बिशेष उपचार सेवा, अकुलोप्लाष्टि सेवा, जलविन्दु उपचार विशेष क्लिनिक, न्यून दृष्टि सेवा, कन्ट्याक्ट लेन्स सेवा, OCT सेवा, लेजर सेवा, प्रयोगशाला सेवा र अत्याधुनिक स्वचालित मसीनबाट चश्माको फिटिड. समेत भई रहेकाछन् ।
- आँखा उपचार सेवामा पहूँच बढाउन आँखा अस्पतालले यस प्रदेशमा ३ वटा सेकेण्डरी लेभलका अस्पताल, २ वटा सर्जिकल सेन्टर र १८ आँखा उपचार केन्द्र गरी २३ वटा शाखा मार्फत सेवा बिस्तार गरेको छ ।
आयोजकः नेपाल नेत्र ज्योति संघ, गेटाआँखाअस्पताल कैलाली