
आँखा स्वास्थ्य कार्यकर्ता श्रीमती आशा रानालाई गेटा आँखा अस्पताल बिदाइ समारोहमा सम्मान
आँखा स्वास्थ्य कार्यकर्ता श्रीमती आशा रानालाई गेटा आँखा अस्पताल बिदाइ समारोहमा सम्मान
गेटा, कैलाली | २०८१/१२/१०
गेटा आँखा अस्पतालले आफ्ना एकजना सबैभन्दा समर्पित कर्मचारी श्रीमती आशा रानालाई भावनात्मक बिदाइ गरेको छ, जसले करिब चार दशकसम्म अस्पताललाई निष्ठा र इमान्दारिताका साथ सेवा प्रदान गर्नुभएको थियो। अस्पतालका कर्मचारीहरू र अतिथिहरूको उपस्थितिमा आयोजित बिदाइ समारोहमा उहाँको आँखा सम्बन्धी सेवा क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गरियो। कार्यक्रमको अध्यक्षता अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष श्री यज्ञराज चौधरीले गर्नुभएको थियो। विशेष अतिथिको रूपमा नेपाल नेत्रज्योति संघ कैलाली शाखाका सचिव श्री नरेन्द्र राज शर्माले समारोहमा आफ्नो उपस्थिति जनाउनुभएको थियो। कार्यक्रमको सञ्चालन अस्पतालका स्टोरकिपर श्री पुष्पराज चौधरीले गर्नुभएको थियो। गेटा आँखा अस्पतालका सम्पूर्ण कर्मचारीहरू श्रीमती रानाको जीवनभरको योगदानलाई सम्मान गर्न भेला भएका थिए। उहाँको सेवाको कदरस्वरूप, मायाको चिनो र एक महिनाको तलब बराबरको रकम प्रदान गरि विशेष सम्मान गरिएको थियो।
श्रीमती आशा रानाको अस्पताल र समुदायमा पुर्याएको योगदानले अमिट छाप छोडेको छ, र उहाँले बिरामीहरूको सेवा गर्न देखाएको करुणा तथा इमान्दारितालाई अस्पतालमा सँधै सम्झना गरिनेछ। अस्पतालले उहाँको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै विगतका उत्कृष्ट सेवाका लागि आभार व्यक्त गरेको छ।
उहाँको गेटा आँखा अस्पतालमा पुर्याएको योगदानको सम्मानस्वरूप एक महिना अगाडि उहाँलाई मानार्थ रूपमा आठौँ तहमा पदोन्नति प्रदान गरिएको थियो।
गेटा आँखा अस्पताल, कैलाली
Geta Eye Hospital did an emotional farewell to one of its most dedicated employees, Ms. Aasha Rana, who has served the institution with unwavering devotion and honesty for nearly four decades. The farewell ceremony was held in the presence of hospital staff and distinguished guests, recognizing her remarkable contributions to eye care services. The event was chaired by Mr. Yagya Raj Chaudhary, Vice Chairman of the Hospital Management Committee (HMC). Special guest Mr. Narendra Raj Sharma, Secretary of NNJS Kailali Section, graced the occasion with his presence. The program was conducted by Mr. Pushparaj Chaudhary, the hospital’s Store Keeper. All employees of Geta Eye Hospital gathered to honor Ms. Rana’s lifelong dedication to her work. As a token of appreciation, a heartfelt gesture was made by presenting her with a token of love and an amount equivalent to one month’s salary, handed over by the chairperson and special guest. Ms. Aasha Rana’s contributions to the hospital and the community have left an enduring legacy, and her dedication to serving patients with compassion and integrity will be remembered fondly. The hospital extends its best wishes for her future endeavors and expresses gratitude for her outstanding service over the years. one month earlier honorary promotion to 8th level was given to mark her contribution in Geta Eye Hospital.
Geta Eye Hospital, Kailali