आँखा शिविरमा भजनीमा एक हजार पाँच शय बढीलाई सेवा प्रदान
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको आयोजना तथा टर्किस कोअपरेशन एण्ड कोअर्डिनेसनको सहयोगमा मिति २०८० मंसीर १४ देखि १६ गते सम्म प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा संचालित आँखा शिविरमा १५९४ जनाले आँखा उपचार सेवा लिएका छन् जसमध्ये २४५ जनालाई मोतिविन्दुको अप्रेशन गरि गुमाएको दृष्टि पुनः प्रदान गरिएको छ । सो शिविरमा १३४९ जनाको निःशुल्क औषधि उपचार गरि शिविर सम्पन्न भएको छ । बिगत लामो समय देखि उक्त क्षेत्रमा शिविर संचालन गर्न नसकिएकोले सेवा लिने मध्ये आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकी शिविरको पर्खाईमा रहेका बिरामीहरु धेरै भेटिएका थिए । गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा. सुरेश राज पन्तको नेतृत्वमा संचालित शिविरमा बरिष्ठ नेत्र अधिकृत श्री रमेश चन्द्र भट्ट लगायत १५ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए । उक्त शिविरमा नेपाल नेत्र ज्योति संघ कैलालीका सभापति श्री लोक राज जोशी, भजनी नगरपालिकाका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयं सेविकाहरु तथा नेपाल रेडक्र सोसाईटीका सभापति तथा स्वयं सेवकहरुले व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उक्त शिविरमा नेपाल नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष प्रा डा चेत राज पन्त, र सहयागी संस्था टर्किस कोअपरेशन एण्ड कोअर्डिनेसनका पदाधिकारीहरुले निरिक्षण गरेका थिए ।
यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पताल तथा यस अन्तरगत प्रदेशका ९ वटै जिल्लामा संचालित २३ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ५० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै सेवा पुर्याई रहेको छ ।
(रमेश चन्द्र भट्ट)
वाह्य कार्यक्रम व्यवस्थापक, फोन नं. ०९१ – ५७५२०४, ९८६८५९११६०